नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन भएको ‘पूर्व ब्यालेन्स नेल–२२’ तालिम सम्पन्न भएको छ । २०७८ चैत्र २० गतेबाट सुरू भएको उक्त तालिम छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सिताराम खड्काले समापन गरेका हुन् ।

नेपाली सेना र अमेरिकी सेनाबीच यस्तो तालिम सन २००३ को अगस्टबाट सञ्चालन हुँदै आइरहेको छ । हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । रेन्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको नेपाली सेनाले जनाएको छ ।

यसपटकको तालिममा अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी थिए । तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यावहारिक अभ्यास र ज्ञान प्रदान गरिएको थियो । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।