आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेल र थापा बिदा बसे

आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेल र थापा बिदा बसे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीका एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेसंगै प्रहरीमा विवाद सुरु भएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछी उनीभन्दा सिनियर प्रहरी अधिकारीहरु सोमबार अदालत जाने तयारीमा छन् ।

एआईजी बिश्वराज पोखरेल र सहकुल थापा आइतबार बिदा बसेका छन् । स्रोतका अनुसार एआईजी पोखरेलले ३० दिन र थापाले १० दिनका लागि विदा लेखेका छन् ।

सिंहकै ब्याचका भएपनि उनिभन्दा एआईजीमा पोखरेल १६ महिना र अर्का एआईजी थापा ११ महिनाअघि एआईजी बनेका थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।