काठमाण्डु– सशस्त्र प्रहरी बलका अवकासप्राप्त प्रमुख शैलेन्द्र खनालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको खुलासा भएको छ । खनालमाथि अख्तियारले लामो समयअघि देखि अकुत सम्पति कमाएको आरोपमा छानविन गरिरहेको थियो ।
अख्तियार स्रोतले दिएको जानकारीअनुसार खनाल अहिलेअख्तियारमा हप्तामा एक पटक बयान दिन नियमित गइरहेका छन् । खनालको कार्यकालमा सामान र जग्गा खरिदमा अनिमितता भएको भन्दै यसअघि समेत छानविन भएको थियो । अहिले खनालमाथि अकुत सम्पति कमाएको अभियोगमा बयान चलिरहेको हो ।
उनले पदमा हुंदा विभिन्न शक्ति केन्द्रबाट दबाव दिएर मुद्दा छानविन गर्नबाट रोक्ने प्रयास समेत गरेका थिए । तर,पछिल्लो समय खनाललाई बयानका लागि अख्तियारले बोलाइएको हो ।
‘उहांको बयान तीन महिनादेखि चलिरहेको छ । अकुत सम्पतिको उजुरी परेकाले हामिले उहांलाई बयानमा बोलाएका हौं । उजुरीमाथि छानविन भइरहेकाले यसबारेमा थप भन्न मिल्दैन ।’अख्तियार स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।
अहिले खनालमाथि परेका विभिन्न उजुरीहरुमाथि छानविन भइरहेको छ । उनले तीन महिनादेखी बयान दिइरहेको स्रोतको दावी छ । सशस्त्र प्रहरीबाट अवकास पाएसंगै खनालले मलेसियाको लागि नेपाली राजदूत हुने प्रयास समेत गरेका थिए । तर, अख्तियारमै परेको मुद्दाका कारण उनि राजदूत हुनबाट रोकिएका थिए ।




प्रतिक्रिया