सुर्खेतमा कांग्रेस, माओवादी र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर

सुर्खेतमा कांग्रेस, माओवादी र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – जिल्लाको कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको हो । चुनावी प्रचारप्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी कांग्रेसका कुशे–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रहरीले जनाएको छ । स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।