यूरो किड्सले नेपालका प्रि–स्कुलहरूका लागि सुरु गर्यो नयाँ पाठ्यक्रम

यूरो किड्सले नेपालका प्रि–स्कुलहरूका लागि सुरु गर्यो नयाँ पाठ्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि  EUNOTA नामक पाठ्यक्रमको सुरुवात गरेको हो ।

यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । बालबालिकामा संज्ञानात्मक, प्रभावकारीर कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उदेश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिइन् ।

उनले भनिन् ‘यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ।’

सिइयो केभिएस शेषसाई भन्छन् ‘हामी यो पाठ्यक्रमपेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरीतयार गरेका छौँ। यूरोकिड्समाहामी चाइल्ड फर्स्ट विचारधारामा विश्वास गर्छौं, र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ।’

यस पाठ्यक्रम तीन खण्डमा विभाजित भएको छ,जसमा दिमाग, शरीर र आत्मा समावेश छन्।

दिमाग :

१ इयू फोनिक्स : यो एक फोनिक्स(आधारित भाषा कार्यक्रम हो। यसले बालबालिकाहरूलाई वर्णमालाका अक्षरहरू चिन्हको लागि अक्षर र सो अक्षरबाट बन्नेध्वनिको सहयोगमा सिकाई अगाडि बढाउनेछ।

२ म्याथल्याव : यस कार्यक्रमले बालबालिकाहरूलाई गणितका अवधारणाहरू बुझ्न सहयोग पुर्यायउनेछ। मूर्त र अमूर्त गणितका अवधारणाहरू बुझाउनको लागि भिज्यूअलर बालमैत्री कार्यक्रमहरू यसमा समावेश गरिएको छ।

३ वैज्ञानिक स्पार्क : यस पाठ्यक्रमले बालबालिकाहरूलाई वैज्ञानिक सोच विकास गर्न मद्दत पुर्याजउँदछ। उनीहरूलाई अवलोकन गरेर वाभ विष्यवाणी मार्फत नयाँ सत्यहरू फेला पार्न वा पत्ता लगाउन सहयोग गर्नेछ।

शरीर :

१ यूरोफिट : युरोकिड्सको लागि हेल्थ सेट गो नामक संस्थाले बनाएको यस कार्यक्रम अन्तरगत बालबालिकाहरूको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्नेछ । यो फिटनेश पाठ्यक्रम अन्तर्राष्ट्रिय टेनरहरूको सहयोगमा तयार पारिएको हो। उक्त पाठ्यक्रम उत्पादन गर्ने संस्था आइएसओबाट सर्टिफाइट संस्था समेत हो।

२ योगकिड्स : याेगा किड्स स्कूलको संस्थापक र निर्देशक श्रद्धा सेटलवाडद्वारा विशेष रूपमा डिजाइन गरिएको यो कार्यक्रममा बालबालिकाहरूलाई सानै उमेर देखि योगाको वारेमा जागरुक बनाइन्छ। ध्यान र स्वास प्रश्वासको माध्यमबाटउनीहरूलाई सानै उमेरमा आफ्नो शरीरको बारेमा सचेत हुन यो कार्यक्रम लागु गरिएको हो।

आत्मा

१. यूरो म्यूजिक : नी मीकरसँगको सहकार्यमा तयार गरिएकोयस कार्यक्रमले बालबालिकाहरूलाई सामाजिक विकास, भाषार साक्षरताको वृद्धि गर्नको लागि गीत सङ्गीतको माध्यमबाट सहयोग पुर्यासउने छ । मीकर सिङ्ग, प्ले लभ नामक संस्थाको संस्थापक समेत हुन्।

२. माइन्डफुल प्लस : यस कार्यक्रमले बालबालिकालाई भूत वा भविष्यमा ध्यान केन्द्रित गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्न सिकाउँछ। यो कार्यक्रम फातिमा खादरद्वारा तयार पारिएको हो। उनीसँग शैक्षिक क्षेत्रमा बालबालिकाहरूको लागि लामो समयसम्म काम गरेको अनुभव छ।

कोरोना महामारीको समयमा यूरोकिड्सले बालबालिकाहरूको लागि HomeBuddy App लञ्च गरेको थियो। महामारीको समयमा घरभित्र रहेका बालबालिकाहरूको शिक्षक सिकाईमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको हो । ।

दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो। अहिले संघीय राजधानी काठमाण्डु लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन् ।