जापानि राजदूत भन्छन्, ‘ जापान नेपालको असल मित्र राष्ट्र’

जापानि राजदूत भन्छन्, ‘ जापान नेपालको असल मित्र राष्ट्र’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान नेपालको असल मित्र भएको बताएका छन्।

 

 

जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा आज यहाँ स्वागत समारोह आयोजना गर्दै राजदूतले सो कुरा बताएका हुन्।

 

 

 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालमा रहेका जापानी नागरिकलगायत व्यक्तित्वको सहभागिता थियो।

 

 

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।