रामकुमारी झाँक्रीको नगरपालिकामा एमालेका खरेल विजयी

रामकुमारी झाँक्रीको नगरपालिकामा एमालेका खरेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – गुल्मीको मुसिकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका एमालेका उम्मेदार जिवलाल खरेल जिवलाल खरेल विजयी भएका छन् ।

नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झाँक्रीको क्षेत्रसमेत रहेको मुसिकोटमा सत्तारुढ दलको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका उम्मेदवार खरेल ७ हजार ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उपप्रमुखमा एमालेका गंगा श्रेष्ठ ७ हजार ११ मत प्राप्त गरेर विजयी भएकी छन् ।

नगरप्रमुखमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए भने उपप्रमुख एकीकृत सामाजवादीका श्रीराम महत ६ हजार ३ सय २३ मत ल्याएका छन् । नगरमा रहेका रहेका ९ वटा वडाहरुमध्ये ५ नेकपा एमाले ४ वटा कांग्रेस जितेको छ ।