काठमाण्डु – सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल संगठन सुधार अभियानमा सक्रिय भएका छन् । उनी आइजीपीमा नियुक्त भएलगत्तै सशस्त्र प्रहरी संगठन सुधार अभियानमा सक्रिय बनेका हुन् । उनले संगठन सुधारका लागि कर्मचारीका हितमा विभिन्न १० निर्णयहरु गरेका छन् ।
जसमा स्केलका समानहरुमा सुधार गर्नेदेखि सशस्त्र प्रहरी बलमा कर्मचारीहरुको सुविधा एवं. निजका सन्ततिको हितलाई मध्यनजर गरी गण तहसम्मका इकाईहरुले आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र, प्ले ग्रुप स्थापना गर्ने, फ्रेन्च मिसनमा पठाउन कर्मचारीलाई फ्रेन्च भाषा पठाउन सहयोग गर्नेसम्मका निर्णय छन् । बुधबार बसेको सशस्त्रका उच्च अधिकारीको बैठकले कर्मचारीका हितमा उक्त १० निर्णय गरेको हो ।
यस्ता छन् १० निर्णयः
१. जुनियर अधिकृत तथा बिल्लादार, जवानहरुलाई तालिम समापन पश्चात प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा विगतमा भएको नीतिगत निर्णयको कारण वितरण गर्न बाँकी रहेका सम्बन्धित तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको प्रमाणपत्र आवश्यक समन्वय गरी सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपलब्ध गराउने र हाल संचालन भइरहेका तथा अबोप्रान्त संचालन हुने सर्वे किसिमका तालिमहरुको प्रमाणपत्र दिने व्यवस्था मिलाउने ।
२. सशस्त्र प्रहरी कर्मचारीहरुको बृहत्तर सुविधालाई ध्यानमा राखी निजहरुलाई आवश्यक पर्ने कर्मचारी संचयकोष नागरीक लगानी कोष किताबखाना लगायतका सेवाहरु प्रदान गर्ने कार्यलाई सहज बनाउन तथा आवश्यक आर्थिक व्यक्तिगत परामर्श समेत प्रदान गर्न हाल भइरहेको निवृत्तिभरण शाखालाई आवश्यक जनशक्ति एवं साधनश्रोतको व्यवस्थापन गरी सो अन्तर्गत रहने गरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा केन्द्रीय सहायता÷समन्वय कक्षको स्थापना गर्ने ।
३. सशस्त्र प्रहरी परिचरहरुलाई जवान सरहको फ्रिस्केलका सामानहरु, जुनियर अधिकृतहरुलाई टपबुट एवं सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकहरुले कार्यालय पोशाकमा कलर डक्स लगाउने व्यवस्था गर्ने सम्बन्धमा अन्य सुरक्षा निकायहरुमा भएको व्यवस्थालाई समेत आधार माना बृहत छलफल गरी उपयुक्त राय सहितको प्रतिवेदन पेश गर्ने ।
४. फौजीलायक शारीरिक स्वास्थ्य तथा परर्तता कमी राख्न सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको लागि द्ययमथ ःबकक क्ष्लमभह (द्यःक्ष्) प्रणालीलाई पेशागत वृत्तिविकाससँग आवद्ध गर्न के. कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ, सो सम्बन्धमा राय सहितको प्रतिवेदन पेश गर्ने ।
५. सशस्त्र प्रारी कर्मचारीहरु सरुवा/बढुवा भई एक पनिटबाट अर्को पनिटमा जाँदा निजहरुले ब्यारेकमा प्रयोग गर्ने बेड/विस्तारा समेत साथमा लिएर जाने परम्परा झन्झटिलो एवं असुविधायुक्त भएकोले सो परिपाटीको अन्त्य गरी गुल्म तहसम्मले कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने बेड विस्ताराहरुको आवश्यक व्यवस्थापनको लागि निर्देशन दिने ।
६. सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधा एवं. निजका सन्ततिको हितलाई मध्यनजर गरी गण तहसम्मका इकाईहरुले आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र, प्ले ग्रुप स्थापना गरी संचालन गर्नको लागि निर्देशन दिने ।
७. पूर्व सशस्त्र प्रहरी कर्मचारी एवं आफन्तजनहरु कुनै यूनिटमा भेटघाटको लागि आउँदा निजहरुलाई बस्न र खानाको प्रबन्ध संस्थागत तवरबाट सम्बन्धित युनिटले व्यवस्थापन गर्नको लागि निर्देशन दिने ।
८. युनिटले गर्न सक्ने सकल दर्जाको हित हुने सानातिना कल्याणकारी कार्यहरु संचालन गरी सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न आन्तरिक श्रोतहरुको पहिचान गरी कसरी यूनिट कल्याणकारी फण्डको स्थापना गर्न सकिन्छ, सो सम्बन्धमा कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।
९. सशस्त्र प्रहरी कर्मचारीहरुको ग्ल्एइी मिशनहरुमा सहभागिता बढाउन सशस्त्र प्रहरी वल, नेपाल प्रधान कार्यालयमा ँचभलअज ीबलनगबनभ प्रशिक्षण कार्य सुरु गराउने सम्बन्धमा आवश्यक कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।
१०. संगठनको क्ष्लकतष्तगतष्यलब िःझयचथ लाई प्रविधियुक्त बनाउन एवं बिदा प्रणालीलाई समेत म्ष्नष्तबष्शिभम गर्ने सम्बन्धमा आवश्यक सफ्टवेयर निर्माण एवं कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।




प्रतिक्रिया