डिआईजी पौडेल एआईजीमा बढुवा,रिक्त एक एआइजी बढुवाका लागि आवेदन माग

डिआईजी पौडेल एआईजीमा बढुवा,रिक्त एक एआइजी बढुवाका लागि आवेदन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका डिआईजी नारायणदत्त पौडेल एआइजीमा बढुवा भएका छन् । सरकारले शुक्रबार पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक शुक्रबारै आयोजित विशेष समारोहका बीच दर्जाको दज्र्यानी चिन्ह लगाएका हुन् ।

पौडेल अर्यालकै ब्याचका अधिकारी हुन् । सशस्त्रमा दुई एआईजीको दरबन्दी रिक्त भएपनि सिनियर बनाउन उनको एकल बढुवा भएको हो । पौडेलले फूली लगाएकै दिन अर्को एआईजी बढुवाका लागि आवेदन मागिएको छ । अर्याल चार वर्ष सशस्त्र प्रहरी महानिरीक्षक बन्नेछन् । त्यसपछि पौडेल नै महानिरीक्षकको दाबेदार छन् ।

रिक्त एक एआईजीको लागि वरियतामा सिपि गौतम एक नम्बरमा छन् भने अर्का डिआईजी बंशिधर दाहाल समेत प्रतिस्पर्धामा छन् । दाहाल पनि अहिलेकै महानिरीक्षकका ब्याची हुन् भने गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका अधिकारी हुन् ।