काठमाण्डु – भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।मतगणना नसकिँदै कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले उपमेयरमा विजय हासिल गरेका हुन् ।
भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिसक्दा सत्ता गठबन्धनका उम्मेदवार अधिकारीले ४७ हजार २२८ मत पाएका छन् । उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् ।
अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।




प्रतिक्रिया