काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखरा महानगरपालिकाको दुई वडाकाे मतगणनामा धाँधली भएको आरोप लगाएको छ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर ३१ र वडा नम्बर १८ मा पुनः मत गणना गर्न माग गरेको हो ।
एमाले महानगरका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनःमतगणनाका लागि निवेदन दिएको बताएका छन् । यी दुई वडामा एमाले पराजित भइसकेको छ । वडा नम्बर १८ मा एमाले वडाध्यक्षमा ३ मतले हारेको थियो ।
त्यस्तै वडा नम्बर ३१ मा भने सय भन्दा बढी मतले काँग्रेस विजयी भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ३१ नेता खगराज अधिकारीको गृहवडासमेत हो ।




प्रतिक्रिया