इन्धनको मूल्यवृद्धि प्रकरण : संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

इन्धनको मूल्यवृद्धि प्रकरण : संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन दलका सांसदहरुले इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभा सचिव गोपालनाथ योगीमार्फत दर्ता गराएका हुन् ।

उक्त प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका छन् भने एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिन भित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ता गर्न समेत उनीहरूले माग राखेका छन् । इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि सरकारको चर्को आलोचना भइरहेको छ ।