काठमाण्डु अपडेट : मतगणना नसकिंदै उपमेयरमा एमालेकी सुनिता विजयी

काठमाण्डु अपडेट : मतगणना नसकिंदै उपमेयरमा एमालेकी सुनिता विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ ।

३० बैशाखमा समपन्न स्थानीय तह निर्वाचनको मतगणना हाल जारी छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो ।

काठमाण्डुमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् । मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितप्रायः भएको छ ।

अहिलेसम्मको मतगणनाअनुसार साहले ५४ हजार ७३९ मत पाएका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।