तुलसीपुर उपमहानगरमा एमालेको जित, मेयरमा टिकाराम र उपमेयरमा स्यानी विजयी

तुलसीपुर उपमहानगरमा एमालेको जित, मेयरमा टिकाराम र उपमेयरमा स्यानी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको छ । ३० बैशाखमा समपन्न स्थानीय तह निर्वाचनको मतगणना हाल जारी छ ।

गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले एमालेका टिकाराम खड्काको जित सुनिश्चित भएको हो । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ ।

अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् । खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् ।

तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको थियो । उपमेयरमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन् । उनको पनि जित निश्चितप्राय भएको छ ।

उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एसका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी छन् ।