निजगढबारे सर्वोच्चको फैसला त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्धमा छ : एमाले महासचिव पोखरेल

निजगढबारे सर्वोच्चको फैसला त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्धमा छ : एमाले महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्ट्रिले त्रुटिपूर्ण रहेको दावी गरेका छन् । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा विमानस्थल निर्माण नगर्न परमादेश जारी गरेपछी एमाले महासचिव पोखरेको यस्तो धारणा आएको हो ।

उनले वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यानदिनुको साटो कार्यकारीको भुमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु वुझिनसक्नुको न्यायिक सकृयता भएको बताएका छन् । पोखरेलले यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने दावी समेत गरेका छन् ।

पोखरेलले भनेका छन् ‘राजधानी काठमाण्डौको भविष्यको आवश्यकतालाई दृष्टिगतगरी निजगढमा फास्टट्र्याक सहित बनाउन लागिएको अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्धमा छ ।’