सुरक्षा कारबाहीमा चार विद्रोही मारिए

सुरक्षा कारबाहीमा चार विद्रोही मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् ।

तागाब जिल्लाको रबात क्षेत्रमा गरिएको सुरक्षा कारबहीमा तथाकथित प्रतिरोधी मोर्चाका चार सशस्त्र सदस्य मारिएका तथा उनीहरूबाट हतियार कब्जामा लिइएको उनले बताए ।

गत अगस्टमा अफगानिस्तान कब्जा गरेपछि युद्ध अन्त्यको घोषणा गरेको तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले युद्धग्रस्त देशमा कानून र व्यवस्था सुनिश्चित गर्ने वाचा गरेको छ ।