काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपाको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उदयपुरमा ५ दिनसम्म चलेको बैठकले पार्टी महाधिवेशनका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा गम्भिर छलफल भएको नेता ओम पुनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा केही समयअघि मात्र विभाजित भएको थियो । जसमा नेता धर्मेन्द्र बाँस्कोटा र हेमन्त प्रकाश ओलीलगायत बहुमत नेताहरुले पार्टी महासचिव विप्लवलाई कार्वाही गरेका थिए भने विप्लवले पनि उनिहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेका थिए ।
दुवै पक्षबीच स्थानीय चुनावमा भाग लिने वा नलिने भन्नेमा विवाद थियो । महासचिव विप्लवले चुनावलाई उपयोग गर्ने नीति लिएका थिए भने अर्को पक्षले चुनाव भाग लिन नहुने धारणा राख्दै आएको थियो ।




प्रतिक्रिया