पोखरामा गठबन्धनका मेयर जिताउन लागेका तीन नेतामाथि एमालेको कारबाही

पोखरामा गठबन्धनका मेयर जिताउन लागेका तीन नेतामाथि एमालेको कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा अन्तर्घात गरेको भन्दै तीन नेतामाथि कारबाही गरेको छ। एमालेले तीन जना नेतालाई पार्टी संगठित सदस्यबाट निलम्बन गरेको कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

नेकपा एमाले पोखरा महानगरको मेयर पदका उम्मेदवार कृष्ण थापालाई हराउन गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको जनाएको छ ।

कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।

पोखरा महानगरमा एमालेबाट छोडेका गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका थिए भने एमालेका कृष्णबहादुर थापा पराजित भएका थिए। अन्तर्घात भएका कारण पोखरा महानगरमा पार्टी हारेको एमालेको निष्कर्ष छ।