काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको बताएका छन् ।
बिहीबार पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रधानमन्त्रीको अफर आए पनि प्रलोभनमा नपर्ने दावी गरेका हुन् ।
‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ। यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’, उनले भने । अध्यक्ष नेपालले तत्काल वाम एकताको सम्भावना पनि नरहेको स्पष्ट पारे । उनले भने, ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन,’
त्यस्तै उनले आफू इमानदार भएकै कारण स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुले धोका दिएको बताए । उनले यदी गठबन्धन दलहरुले फेरि बेइमानी गरे ठिक नहुने पनि दावी गरे । ‘धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु । ’




प्रतिक्रिया