सेनाको पश्चिम कमाण्डका कमाण्ड सेनापति शाही फेरिए, जोशीले पाए जिम्मेवारी

सेनाको पश्चिम कमाण्डका कमाण्ड सेनापति शाही फेरिए, जोशीले पाए जिम्मेवारी

army-general

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका उच्च अधिकृतहरुको सरुवा र बढुवा एकैसाथ अघि बढेको छ । सेनाका सहायकरथीहरुको उपरथीमा सरुवासहित बढुवा सिफारिस हुनुको साथै दुई जना उपरथीहरुको सरुवा समेत सिफारिस भएको छ । शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले उनिहरुको वारेमा निर्णय गर्नेछ ।

रक्षा स्रोतले दिएको जानकारीअनुसार पश्चिम कमाण्डका कमाण्ड सेनापति प्रेम शाहीको सरुवा भएको छ । उनलाई सैनिक मुख्यालयमा रहेको आरएण्डीको प्रमुख बनाइएको छ । त्यसैगरी त्यहांको कमाण्ड सेनापतिमा उपरथी हिरालाल जोशीलाई जिम्मेवारी दिइएको छ ।

उपरथीमा बढुवा सिफारीस भएका दिपक बानियांलाई नगरकोटस्थित नेपाली सैनिक वार कलेज नगरकोटको कमाण्डडेण्ट, होमनाथ दवाडीलाई आईजी अफिस र यामप्रसाद ढकाललाई युद्ध मद्दति तथा युद्ध सेवा मद्दति विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

एक वर्षभन्दा बढी पुगेका केही उपरथीहरुको असार मसान्तपछी मात्र सरुवा गर्ने तयारी सैनिक मुख्यालयको छ । हाल सम्भाररथी रहेका ताराध्वज पाण्डेलाई डिजिएमओ र डिजिएमओमा कार्यरत उपरथी निर्मल थापाले सम्भाररथीको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतको दावी छ ।