काठमाण्डु – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।
खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।यसअघि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
त्यसलगत्तै उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । आज भने उनी प्रचण्डसँग भेट्न गएका हुन् ।
शाहले काठमाडौं महानगरको विकासको लागि सबै दलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो प्राथमिकतामा महानगरको फोहोर व्यवस्थापनलाई मुख्य कामको रुपमा राखेका छन् । मेयरमा निर्वाचित भएपछि शाह दुई पटक सिसडोल र बञ्चरे डाँडो पुगेका छन्




प्रतिक्रिया