२४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय

२४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको हो । त्यसैगरी अब नयाँ मन्त्री छान्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिइएको जनाइएको छ ।

पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको हो ।  सचिवालय बैठकपछि नेकपा एसका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए ।