काठमाण्डु – नेकपा एकीकृत समाजवादीले आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको हो ।।
नेकपा एसले पुराना मन्त्री फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्रीको नाम पनि टुंगो लगाएको छ । स्रोतका अनुसार पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने भएका छन् । यी नेताको लिएर अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका छन् । हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ ।




प्रतिक्रिया