महिलालाई हेरेर मात्रै कानुन संशोधन नगरौं, पुरुष पनि पीडित छन् : सांसद चौधरी

महिलालाई हेरेर मात्रै कानुन संशोधन नगरौं, पुरुष पनि पीडित छन् : सांसद चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेकी सांसद गंगा चौधरीले अहिले महिला मात्र नभएर पुरुषहरु पनि पीडित रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले बलात्कारसम्बन्धी कसुरको मुद्दामा हदम्याद घटाउने कार्य गर्दा धेरै मुद्दाहरुको चाङ लाग्ने भइ मुद्दाको सुनुवाइ नै हुन नसक्ने अवस्था आउन सक्ने बताएकी हुन् ।

उनले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् । उनले आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् । पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको समेत उदाहरण दिएकी चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।

‘महिला हुँ भन्दैमा महिलाको मात्र भावना राखेर हुँदैन,’ उनले भनिन् ‘जबसम्म मन मिल्यो अनि लब, नमिले बलत्कार हुने गरेका छन्।’ उनले पूर्व सभामुखमहरा अनाहकमा ६ महिना जेल बस्नु परेको पनि सुनाइन्। कलाकार पल प्रकरणमा पीडितको नाम नै लिएर संसदमा बोलिन्। सबै महिला पीडित नभएको, धेरै भएको, तर पुरुषहरु पनि पीडित भएको चौधरीको भनाइ छ।