फेसबुके प्रमीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार

फेसबुके प्रमीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका-८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके-बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए । थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।