मंगलबारकाे माैसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षाको सम्भावना

मंगलबारकाे माैसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ ।

आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहेपनि पूर्वी नेपालमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।