काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना नेता कार्यकर्ताका मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्नुपर्ने, विभिन्न आन्दोलनमा लगाइएका झूटा मुद्दा फिर्ता गर्ने, महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीलाई अविलम्बन रिहा गर्नुपर्ने लगायत माग छन् ।
संविधान संशोधन गर्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्नेरगराउने लगायत माग ज्ञापनपत्रमा उल्लेख छन् ।




प्रतिक्रिया