एमाले सांसदले मागे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा

एमाले सांसदले मागे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद लालबहादुर थापाले निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको बताउँदै राजीनामा मागेका हुन् ।

‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामा माग गर्दछु ।’, उनले भने ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । त्यस्तै उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।