बर्दिया घटनाबारे गृहमन्त्रीले भने- आदेश बिना प्रहरीले गोली चलायो

बर्दिया घटनाबारे गृहमन्त्रीले भने- आदेश बिना प्रहरीले गोली चलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले बर्दियाको घटनामा आदेश बिना नै प्रहरले नागरिक माथि गोली चलाएको बताएका हुन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्ने र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए ।