काठमाण्डु- काठमाण्डु नेकपा एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवन पुगेका चौधरीले पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताएका हुन् । त्यसैगरी उनले आज नै शपथ ग्रहण हुने सम्भावना पनि रहेको दावी गरे ।
।
‘पार्टीले निर्णय गर्यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ तर आज हामी ५ दलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले शपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरूले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनका लागि केही समय चाहिन्छ भनेपछि केही समय केही दिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’, उनले भने ।




प्रतिक्रिया