प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेटवार्ता, फोहोर व्यवस्थापनको विषयमा छलफल

प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेटवार्ता, फोहोर व्यवस्थापनको विषयमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।

दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको समेत बताए।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागीय मन्त्रीलाई निर्देशन दिने बताए ।प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।