अर्थमन्त्रीमाथि खनिए पर्यटनमन्त्री आले, भने- बजेट नदिने अनि के दाँत फुकालेर निजगढ एयरपोर्ट बनाउँने ?

अर्थमन्त्रीमाथि खनिए पर्यटनमन्त्री आले, भने- बजेट नदिने अनि के दाँत फुकालेर निजगढ एयरपोर्ट बनाउँने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई लिएर आक्रोशित बनेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमान नबन्ने बताए । मन्त्री आलेले अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै केही मन्त्रीहरूले निजगढ विमानस्थल बनाउँछौँ भनिरहेको तर बजेटमा भने २६ करोड रुपैयाँ मात्रै छुट्याएको भन्दै अव्यवहारिक कुरा गर्न नमिल्ने बताए ।

उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने जिकिर गरे ।