काठमाडौं– बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन्।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन्।
प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन्।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई भोलिदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन्। थापाले उनले भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्।
यसैबीच, विदामा बस्नु एकदिन अघि जंगीअड्डामा सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक, क्षेत्रीय एजेन्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको चिन्ता व्यक्त गरे।
‘साम्प्रादायिक भावना फैलाउन खोज्ने विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको छन् ।’ उनले विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बाहनामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षमा जटिलता थपेको छ,’ उनले भने।
सेनापति क्षेत्रीले कुनै पनि आवरणमा हुने अबाञ्छित तथा अराजक गतिविधिलाई निस्तेज पार्न सेनाले कुनै कसर बाँकी नराख्ने बताए।
९२ बुँदे सम्बोधन गरेका क्षत्रीले भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न भूमिकासम्मलाई आफ्नो सफलता सूचिमा राखेका छन्।
राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताए।
प्रधानसेनापति क्षत्रीको सम्बोधनको पूर्णपाठ पढन यहाँ क्लिक गर्नुहोस्।




प्रतिक्रिया