विराटनगर – प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश १ को नामकरण विषयमा आफुहरु सहयोग गर्न तयार रहेको बताएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै एमाले सांसद हिक्मत कार्कीले सरकार स्पष्ट भएर आए आफूहरू सहयोग गर्न तयार रहेको बताएका हुन् ।
‘नाम राख्न हामीसँग अन्तिम समय छ । सबैको प्रयासमा नामकरणको विषय टुंगोमा पुग्न सक्छ । तर पहिले सरकार प्रस्ट हुनुपर्छ,’ उनले भने । कार्कीले अहिलेसम्म प्रदेशको नाम नराखिएकाले आफूहरू बेनामे प्रदेशको माननीय बन्नुपरेको बताए ।
विराटनगरलाई प्रदेशको स्थायी राजधानी तोकेपछि नामको विषयमा छलफल गर्दागर्दै राजनीतिक परिस्थिति फेरिएको र एमाले विपक्षीको जिम्मेवारीमा पुगेको कार्कीले सुनाए ।
उनले प्रदेशको संरचना रहने जग्गा खोजी गर्ने नाममा भूमाफियासँग चलखेल भइरहेको भन्दै रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।




प्रतिक्रिया