एमाले सचिवालय बैठक सोमबार बस्दै, यी हुन् तीन एजेण्डा

एमाले सचिवालय बैठक सोमबार बस्दै, यी हुन् तीन एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले भोली बस्ने बैठकका लागि स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।  नेकपा एमालेका नेताहरुले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको र कतिपय स्थानीय तहमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरुप नतिजा नआएको दावी गर्दै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले पनि आफ्नै पार्टीका नेताहरुले अन्तर्घात गर्दा स्थानीय तहको चुनावमा नतिजा अनुकुल नआएको बताएका छन् ।