काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन अनन्तबीच भेटवार्ता भएको छ । दुई नेतावीच शनिवार दिउँसो ललितपुरस्थित खुमलटारको एक नीजि निवासमा गोप्य भेटवार्ता भएको हो ।
अहिलेको सत्ता गठबन्धन कायमै रहे आउने संघ र प्रदेशको चुनावमा पार्टी झन् कमजोर अवस्थामा खुम्चने देखेपछि एमालेका नेताहरु पाँच दलीय गठबन्धन भत्काउने प्रयासमा छन् । कांग्रेस र एमालेबीच देशभरि बराबरीकै प्रतिस्पर्धा छ । यस्तो अवस्थामा माओवादी केन्द्र निर्णायक पोजिसनमा देखिएको छ ।
सोही कारण अध्यक्ष ओलीले घोषितरुपमा नचाहेपनि एमालेका दोस्रो तहका अधिकाशं नेताहरु बाम गठबन्धनको पक्षमा उभिन चाहिरहेका छन् । त्यसैले पनि एमालेका दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग सम्वाद बाक्लो बनाईरहेका छन् । यसै क्रममा ज्ञवाली र पुनबीच गोप्य भेटवार्ता भएको हो ।
एमालेले स्थानीय तह निर्वाचन समिक्षा र आउने संघ/प्रदेश चुनावको रणनीति बनाउन आन्तरिक समिक्षा गर्न सचिवालय बैठक बोलाएको पूर्वसन्ध्यामा भएको यो गोप्य भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ । एमाले सचिवालय बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय च्यासल ललितपुरमा बस्दैछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा प्रत्यक्ष भेटघाट र सम्वाद नभएपनि दुवै पार्टीका दोस्रो तहका नेताहरुमार्फत एकअर्कामा सन्देश आदानप्रदान भने भईरहेको स्रोतले बतायाे ।
ओली सकभर पार्टीभित्रको आन्तरिक समिक्षा हेरफेर गदै जाने, सत्ता गठबन्धन भत्काउने अधिकतम पहल गर्ने र त्यसका लागि विभिन्न च्यानलमार्फत नेताहरुसँग सन्देश आदानप्रदान गर्ने, त्यसो गर्न नसकिए माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुसँग सम्वाद बाक्लो बनाएर आन्तरिक रुपमा खेल्ने र त्यसरी पनि गठबन्धन भत्काउन नसके सत्ता बाहिर रहेका शक्तिसँग चुनावी तालमेल गर्ने जस्ता योजनामा देखिएका छन् ।
जुनसुकै हालतमा गठबन्धन नभत्काए आउने संघीय चुनाव र प्रदेश चुनावमा थप खुम्चनुपर्ने विश्लेषण नजिक एमाले छ ।
माओवादी केन्द्रका नेताहरु पनि कांग्रेसवाट संघ/प्रदेशको चुनावमा सोचेजति परिणाममा भागवन्डा मिलाउन नसक्ने र कांग्रेसलाई मात्र फाइदा पुग्न दिने गरी सहयोगी बन्न तयार छैन ।
कांग्रेससँग गठबन्धन गरेपनि चुनाव पछिको निर्णायक पोजिसन (थर्ड पोल)मा आफु रहने गरी माओवादीको तयारी देखिन्छ । त्यसै क्रममा एमाले अध्यक्ष ओलीले माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । श्रेष्ठले आइतबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यता कांग्रेस माओवादीको ढाडमा टेकेर आफुले फाइदा लिएर चुनाव पछि सके एकल वहुमत नभएपनि साना दललाई लिएर भएपनि सरकारको नेतृत्व गर्न सक्ने गरी स्थान सुरक्षित गर्न चाहिरहेको छ ।
यही देखेर कांग्रेसमा अहंम बढन खोजेको र त्यस्तो अहंकारमा कांग्रेस रहे कांग्रेसलाइ पनि ठेगान लगाउन सक्ने माओवादी अध्यक्ष प्रचण्डको अभिब्यक्ति आईरहेको छ । सत्ता गठबन्धन दलभित्रको यही शक्ति संर्घष बुझेर नै गठबन्धन तोड्न एमाले पनि अनेक कोसिसमा छ । त्यही क्रममा प्रदीप ज्ञवाली र वर्षमान पुन वीचको भेटघाट भएको स्रोतले बतायो ।




प्रतिक्रिया