संघीय र प्रदेशसभाको चुनाव मंसिरमा हुन्छ : प्रचण्ड

संघीय र प्रदेशसभाको चुनाव मंसिरमा हुन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभाको चुनाव आगामी मंसिरसम्ममा हुने बताएका छन् ।

सोमबार बर्दियामा पत्रकारसँग कुरा गर्दै प्रचण्डले संघीय चुनाव मंसिरमा हुने बताएका हुन् । गठवन्धनभित्र मंसिरसम्ममा चुनाव हुने समझदारी भएको उल्लेख गर्दै उनले दुई चरणमा गर्ने की एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको बताए ।

‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने बढी सम्भावना छ । सम्भवत चुनाव मंसिरमै हुन्छ ।’ प्रचण्डले भने, ‘चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’ उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वानसमेत गरेका छन् ।