एमाले सचिवालय बैठक : अघिल्लो निर्वाचनको तुलनामा अन्तर्घात बढेको निष्कर्ष

एमाले सचिवालय बैठक : अघिल्लो निर्वाचनको तुलनामा अन्तर्घात बढेको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा पार्टीभित्रैबाट अन्तर्घात बढेको निष्कर्ष निकालेको छ ।

एमालेको जारी सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले पेस गरेको स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनमा चुनावमा अन्तर्घात देखिएको तथा टिकट वितरणमा समस्या आउँदा अपेक्षित नतिजा नआएको औंल्याइएको छ ।

‘गठबन्धन तथा पार्टी विभाजनलगायतको प्रतिकुलतामा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको जनाउँदै अन्तर्घात विगतको तुलनामा बढेको निष्कर्ष निकालिएको छ,’ एक नेताले भने ।

निर्वाचनमा भएका सकारात्मक र नकारात्मक पक्ष दुबै औंल्याउने क्रममा चुनावमा घात–अन्तर्घात देखिएको, टिकट नपाउँदा अन्तर्घात गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ । २३ पेजको प्रतिवेदनमा चुनाव हार्नुको अर्को कारण सरकार पक्षबाट भएको धाँधलीलाई लिइएको छ ।

यी सबै पहिले नै आंकलन गरेर पनि राम्रो परिणाम आउने आंकलन पार्टीले गरको थियो । तर अपेक्षित नतिजा नआएको प्रतिवेदनमा भनिएको छ ।

अपेक्षित परिणाम नआए पनि आत्तिनुपर्ने नै गरी कमजोर नभएको समीक्षामा भनिएको छ । कमिकमजोरी सुधारेर जान सके त्यसले आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम ल्याउन सकिने प्रतिवेदनको ठहर छ ।