मन्त्री विमला वलीलाई बर्खास्त गर्न एमालेको माग

मन्त्री विमला वलीलाई बर्खास्त गर्न एमालेको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बर्खास्त गर्न माग गरेको छ ।

सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको भन्दै एमालेले मन्त्री वलीलाई तत्काल पदबाट हटाउन माग गरेको हो ।

एमाले लुम्बिनी संसदीय दलका उपनेता वैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट गर्ने, समान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको बताए ।

‘अब त लुम्बिनीको सांसद, मन्त्री भन्न पनि लाज हुने अवस्था भयो, यस्तो अवस्थामा पनि किन सरकार चुप लागेको छ’, उनले भने, ‘नैतिकताको कुनै पनि आधार भए तत्काल मुख्यमन्त्रीले बर्खास्त गरेर अरू छानबिनको प्रक्रिया अघि बढाउनुपर्दछ ।’ साथै एमालेले अर्काको घरभित्र पसेर तोडफोड गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने समेत माग गरेको छ ।