काठमाण्डु – आन्तरिक विवाद बढेपछि जनता समाजवादी पार्टी (जसपा)को विधान सम्मेलन स्थगित भएको छ । असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने ।
उनका अनुसार अध्यक्ष उपेन्द्र यादवसहित सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ । पछिल्लो समय यादव र भट्टराईबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । यादव एकलौटी बढेको भन्दै बाबुराम पक्ष असन्तुष्ट बनेपछि जसपा फुटको डिलमा छ ।
पार्टी एकीकरणको समयमा दुई अध्यक्षको परिकल्पना गरिएको र त्यसले शक्ति सन्तुलन गर्ने भए पनि महन्थ ठाकुर पक्ष विभाजित भएपपछि यादवले पछिल्ला दिनमा त्यसलाई नजरअन्दाज गर्दै आएका छन् । सोही विषयमा जसपाभित्र चरम असन्तुष्टि बढेको छ ।




प्रतिक्रिया