काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका पालामा भएको दावी गरेका छन् ।
पेरिसडाँडामा ओयोजित एक सभामा बोल्दै उनले केपी ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको दावी गरेका हुन् । ‘हिजोआज एसपीपी सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ । यो विल्कुल झुटो हो । बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’, प्रचण्डले भने ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कुनै सम्झौता नगरेको र त्यस्तो खालको सम्झौतामा जान्न भनेर ‘कमिटमेन्ट’ गरेकाले भ्रममा पर्न जरुरी नभएको बताए ।
प्रचण्ड भने, ‘प्रधानमन्त्रीसँग कुनै सैन्य सम्झौता भएको छैन । प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भनेर कमिटमेन्ट गरिसक्नुभएको छ ।’




प्रतिक्रिया