विकास र जनताको सेवामा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई आलीको निर्देशन

विकास र जनताको सेवामा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई आलीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिन सुरु गरेको छ । काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास र जनताको सेवामा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । ‘विकास कस्तो हो भन्ने देखाउनुस् । जनताले विकास खोज्न नपरोस्,’ उनले भने ।

वामपन्थी आन्दोलन र विकासोन्मुख अभियानलाई रोक्ने ठूलो षड्यन्त्र भए पनि निर्वाचित जनप्रतिनिधिले त्यसलाई असफल बनाएको ओलीको भनाइ छ । ‘एमालेको देशभक्तिको अभियान, विकास र सुशासनको अभियानलाई भत्काएर अस्थिरताको दुष्चक्र सुरु गर्ने काम भयो । ती षड्यन्त्रलाई हामीले पराजित ग¥यौं,’ ओलीले भने ।