एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने बताएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजना गरिएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले भने राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दावी गरेका हुन् ।
यदि उक्त सम्झौता लागु भए नेपालको संविधान मिचिने उनको भनाइ छ ।

‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’, उनले भने ।

नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको जानकारीसमेत दिएका छन् ।