देउवाले मन्त्री पौडेल र खड्कालाई तोके थप मन्त्रालयको जिम्मेवारी

देउवाले मन्त्री पौडेल र खड्कालाई तोके थप मन्त्रालयको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले पौडेललाई थप २ मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप १ मन्त्रालयको कार्यभार तोकेका हुन्। बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएको बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

मन्त्री फरक–फरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकिएको छ ।

प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु स्वीजल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार संघको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई दिएका हुन् ।