एसपीपीबारे परराष्ट्रमन्त्रीले ससदलाई ढाँट्न मिल्दैन : भीम रावल

एसपीपीबारे परराष्ट्रमन्त्रीले ससदलाई ढाँट्न मिल्दैन : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौताबारे नेपाली सेनाले बोली फेरेको भन्दै आपत्ति जनाएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका नेता रावलले एसपीपीबारे नेपाली सेनाले दुई दिनमै दुई वटा कुरा फेरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘सेनाले कहिले गरेको छ, कहिले गरेको छैन भन्ने कुरा ठिक होइन । दुई दिनमै कुरा फेरिनु हुन्न ।’

साथै उनले एसपीपीबारे परराष्ट्रमन्त्री नारायण खड्का पन्छिन खोजेको आरोप लगाए । ‘यो विषयलाई अब नकोट्याऊँ भन्ने होइन, परराष्ट्रमन्त्रीले पन्छिन मिल्दैन । जनतालाई प्रष्टसँग थाहा छैन । सेनापतिलाई धन्यवाद दिन चाहन्छु, उहाँले पारदर्शी हुन्छ भन्नुभयो । ’

परराष्ट्रमन्त्रीले यस विषयमा संसदमा ढाँटेको उनको आरोप छ । नेता रावलले प्रश्न गर्दै भने, ‘२०१९ मै नेपाल आइपिएसको सदस्य भएको अमेरिकी रिपोर्ट छ । एसपिपीको बारेमा छानबिन गर्न समितिले छानबिन समिति बनाउनु पर्छ । परराष्ट्र मन्त्रीले संसदलाई ढाँट्न मिल्दैन । यो केहो पनि होइन रे ? त्यो भन्न मिल्छ ? आलटाल गरेर बस्न मिल्दैन ।’