एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको औपचारिक निर्णय

एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको औपचारिक निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारको जवाफ माग गरेको छ । शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको औपचारिक निर्णय समितिमा पेस गर्न निर्देशन दिएको हो ।

सभापति पवित्रा निरौला खरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा परराष्ट्र सचिवको संयोजकत्वमा कार्यदल बनेको र त्यसले एसपीपीमा जाने भन्ने कुरा स्थगन गरेको भनिएकाले यसबारे यथार्थ विवरण पेस गर्न निर्देशन दिएकी हुन् ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई लिएर विभिन्न प्रश्नहरु उठेपछि समितिले असार ५ गते उनलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।