एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र पठाउने मन्त्रिपरिषदको निर्णय

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र पठाउने मन्त्रिपरिषदको निर्णय


काठमाण्डु – सरकारले लामो समयदेखि विवादका रुपमा रहेको अमेरीकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार साझ बसेको मन्त्रिपरिषद बैठकले एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने निर्णय गरेको हो । सरकारले गरेको उक्त निर्णय अमेरिकी सरकारलाई पत्रमार्फत जानकारी गराइने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले ०७२ कात्तिक १० मा  एसपीपीमा सामेल हुन पाउ भन्दै गरेको प्रस्ताव अमेरिका स्वीकृत गरेको थियो । उक्त सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।