काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले जेठ २२ मै आफ्नोतर्फबाट सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । नेकपा एसले सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँहरुको नामसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर प्रधानमन्त्री देउवा भने मन्त्री हेरफेर गर्न सहमत भएनन् ।
त्यसपछि माधव नेपाल प्रधानमन्त्री देउवासँग रुष्ट बनेका थिए । स्रोतका अनुसार आइतबार अध्यक्ष नेपालले देउवालाई तत्काल मन्त्री हेरफेर गर्न ताकेता गरेका थिए । त्यसपछि देउवाले नेकपा एसको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुलाई राजीनामा दिन सुझाव दिएका छन् । स्रोतका अनुसार आजको बैठकले बधाई खाएर मन्त्री हुन नपाएकाहरुलाई हाइसन्चो बनाउने छ ।




प्रतिक्रिया