अफगानिस्तान भूकम्प: कम्तीमा ९२० जनाको ज्यान गयो


एजेन्सी – अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पु¥याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement