भोलि साँझसम्म नयाँ मन्त्री आउने पाण्डेको दावी

भोलि साँझसम्म नयाँ मन्त्री आउने पाण्डेको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शरबहादुर देउवा नेतृतवको सरकारमा भोलि बेलुकासम्म नयाँ मन्त्री आउने दावी गरेका छन् ।

शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि नेता पाण्डले भोलि शनिवार साँझसम्म पार्टीले सिफारिस गरेका मन्त्रीले शपथ लिने दावी गरेका हुन् । ‘६ महिनाका लागि भनेर निर्णय भएर सरकारमा जानु भएका उहाँहरु भोलि साँझसम्म घर जानुहुन्छ, सिफारिस भएका नयाँ मन्त्रीले सपथ खानुहुन्छ,’ पाण्डेले भने ।

नेता पाण्डले मन्त्री पदमा हुँदा गाडी, झण्डा र सुरक्षा हुने हुँदा सलामबाट तल ओर्लन गाह्रो भएको प्रतिक्रिया दिए । उनले संसदीय दलको बैठक बोलाउन माग गर्दै राखिएको ८ बुँदे पत्रको कुनै औचित्य नभएको बताए । ‘पार्टी फोर्ने ताकत उहाँहरूमा छैन’ पाण्डेले भने, ‘अहिले जति कराए पनि लुरुक्क भएर भोलि घर जानुहुन्छ ।’